सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ को अफिसियल ट्रेलर रिलिज (भिडियो)



१० बैशाख २०७६, काठमाडौँ

चलचित्र भारत अभिनेता सलमान खानको लागि निकै विशेष भएको उनले बताएका छन् । यो चलचित्र यस बर्षको सबैभन्दा प्रतिक्षित चलचित्र हो । चलचित्र भारत छायांकनमा जानु अगावै निकै चर्चामा रहेको थियो । त्यसैले पनि दर्शकले यो चलचित्रलाई निकै पर्खिरहेका छन् । भर्खरै मात्र चलचित्र भारत को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र भारत मा सलमान खानका साथ कट्रिना कैफ, दिशा पटानी, ज्याकी श्राफ, सुनिल ग्रोवर लगायतका कलाकार मुख्य भूमिका रहेको छ । सार्वजनिक ट्रेलरमा सलमानलाई नै फोकस गरिएको छ । चलचित्रको ट्रेलरमा भरपुर कमेडी र एक्सन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्