१० बैशाख २०७६, काठमाडौं
प्रिमियर लिगअन्तर्गत शीर्ष तीनको क्यान्डिडेट्स चेल्सी बराबरीमा रोकिएको छ ।
गएराती भएको खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिँदा अंक बाँड्नु परेको थियो ।
हालको अवस्थामा यो सिजन शीर्ष चारमा रहन टोटनह्याम, चेल्सी, आर्सनल र म्यानचेष्टर यूनाईटेडबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
अब लिगमा यूनाईटेड, आर्सनल, टोटनह्यम र म्यानचेष्टर सिटीले समान ४–४ खेल खेल्न बाँकी छ भने चेल्सी र लिभपुलले ३–३ खेल मात्रै खेल्न बाँकी छ ।
यता, चेल्सीलाई उसकै घरमा बराबरीमा रोकेको बर्नली भने ३५ खेलबाट ४० अंक बनाएर १५औं स्थानमा छ ।