चलचित्रबारे नराम्रो कमेन्ट आउँदा महिला पुरुष भनेर छुट्याउने अधिकार कसैलाई छैन भन्दै झरनाले समिक्षकलाई दिइन् कडा जवाफ (भिडियो)



१० बैशाख २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ बर्षको अन्त्यमा प्रदर्शनमा आएको थियो । तर चलचित्रले बक्सअफिसमा निकै राम्रो व्यापार गरेको छ । अहिले पनि यो चलचित्र लगभग देशभरका सबै हलहरुमा प्रदर्शन भैरहेको छ ।

विशेषगरी ए मेरो हजुर ३ मा नव नायिका सुहाना थापाको अभिनय, अनमोलको लुक्स र चलचित्रको कथावस्तुलाई दर्शकले निकै रुचाएका छन् । झरना थापाको कामको पनि दर्शकले मुक्तकण्ठले प्रशंसा गरे । तर चलचित्रमा बोलिएका केही संवादले भने झरनालाई अप्ठ्यारोमा पार्यो ।

समिक्षकले महिला निर्देशकले बनाएको चलचित्रमा महिलाको नै डाइलग सुन्न लाजमर्दो भएको प्रतिक्रिया दिएपछि झरनाले यसबारे मुख खोलेकी छिन् । झरना यस कुराप्रति निकै नै आक्रोशित भएकी थिइन् । उनले समिक्षकलाई यसबारे कडा जवाफ दिएकी छिन् ।

झरनाले आफूले चलचित्रमा राखेका सबै डाइलग आफूले बुझेर मात्र राखेको बताइन् । उनले आजको समयमा आएर महिला र पुरुष भनेर छुट्याउने अधिकार कसैलाई पनि नभएको समेत बताइन् । त्यतिमात्र नभएर झरनाले अहिलेको समयमा आएर महिला र पुरुषमा फरक छुट्याउनमा समिक्षकलाई लाज लाग्नु पर्ने समेत बताएकी छिन् ।

उनले आफूलाई समिक्षकको उक्त कुराले निकै चित्त दुखेको पनि बताइन् । हुन पनि आजको समयमा होस्टेल बसेका केटीले त्यत्तिको शब्द बोल्नु स्वभाविकै हो । समिक्षकले जे भनेपनि चलचित्रबारे दर्शकले भने निकै नै राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्