राजासहितको लोकतन्त्र माग्दै आन्दोलनरत राप्रपासँग वार्तामा जुट्दै सरकार



१० बैशाख २०७६, काठमाडौं

राजासहितको लोकतन्त्र माग गर्दै आन्दोलनमा उत्रिईरहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सरकारले आज वार्ता गर्ने भएको छ ।

वार्ता दिउँसो १ बजे सिहँदरवारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा हुने बताईएको छ ।

कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई गत ७ फाल्गुनमा २२ बूँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

त्यसपछि सरकारले कुनै वास्ता नगरेको भन्दै राप्रपा आन्दोलनमा होमिएको थियो ।

आज हुने वार्तामा सरकारको पक्षबाट कानूनमन्त्री भानुभक्त ढकालले वार्ता गर्ने भएका छन् ।

यस्तै राप्रपाको तर्फबाट वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको टोली सोमबार नै गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्