भारतमा तेस्रो चरणको चुनाव सुरु



१० बैशाख २०७६, काठमाडौं

भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु भएको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित प्रान्त गरी ११६ स्थानका लागि मतदान सुरु भएको हो ।

आज गुजरातका २६, केरलाका २०, असमका ४, बिहारका ५, छत्तीसगढका ११, कर्नाटक र महाराष्ट्रका १४/१४, उडिसाका ६, उत्तर प्रदेशका १०, पश्चिम बंगालका ५ र गोवाका २ स्थानमा मतदान हुँदै छन् ।

त्यसैगरी दादरा, नगर हवेली, दामन, डिउ तथा त्रिपुराका १/१ स्थानमा मतदान हुने छ ।

आज करिब १८ करोड ५६ लाख मतदाताले २ लाख १० हजार मतदान केन्द्रमा मतदान गर्दैछन् ।

भारतमा ११ अप्रिलमा पहिलो चरणको र १८ अप्रिलमा दोस्रो चरणको निर्वाचन भएको थियो ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्