पहिलोपल्ट सलमानले बताए अहिलेसम्म बिहे नगर्नुको कारण, सुन्दा जो कोही पर्छन् छक्क



१० बैशाख २०७६, काठमाडौँ

सलमान खान बलिउडका स्टार हुन् । त्यसैले उनको हरेक कुराहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् । प्रायजसो सामाजिक सञ्जालमा उनको चलचित्रसँगै विवाहको कुरा पनि आउने गर्छ । ५३ बर्षीया सलमान अझैसम्म अविवाहित छन् ।

उनलाई धेरैले विवाह नगर्नुको कारण सोध्ने गर्छन् । तर सलमानले कहिले पनि यसबारे खुलेर बोलेका छैनन् । अहिले उनी चलचित्र भारत को प्रमोशनमा व्यस्त छन् । यसैक्रममा उनले आफूले विवाह नगर्नुको कारण बताएका छन् ।

सलमानले धेरैजसो समय आफूले आफ्नो परिवारलाई दिने गरेको बताएका छन् । हुन पनि चलचित्रमा व्यस्त नहुँदा उनी आफ्नो समय परिवारसँग विताइरहेका हुन्छन् । उनी परिवारमा हुने कुनैपनि कार्यक्रम छुटाउदैनन् ।

उनले विवाह गरेपछि एउटी श्रीमतीलाई सम्मान सँगसँगैै समय पनि दिन जरुरी हुने तर आफूले त्यसो गर्न नसक्ने भएकाले अहिलेसम्म विवाह नगरेको बताएका छन् । तर सलमानले विवाह नै नगरेपनि आफू आफ्नो परिवासँग निकै नै खुसी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्