सकियो राप्रपा र सरकारबीचको वार्ता



१० बैशाख २०७६, काठमाडौं

राजासहितको लोकतन्त्रको माग राख्दै आएको राप्रपा र सरकारबीचको वार्ता सकिएको छ ।

मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् ।

त्यस्तै, राप्रपाका तर्फबाट वार्ता टोलीका संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए ।

सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्