फेरि विद्रोह गर्ने भ्रम नपाल्न प्रचण्डको आग्रह !



१० बैशाख २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दवाव दिने गरी बृहत् बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उनले संविधानमा किटान गरिएको आदिवासी जनजातिहरूको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिएपनि सो अनुसार काम हुन नसकेको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्