११ बैशाख २०७६, काठमाडौं
क्लब बार्सिलोना एक खेल अगावै च्याम्पियन बन्ने भएको छ ।
गएराती भएको खेलमा आलाभेसलाई पराजित गरेपछि बार्सिलोनालाई लिग च्याम्पियन बन्न मात्र एक जितको आवश्यक परेको छ ।
तर, आज हुने खेलमा एट्लेटिको मड्रिड पराजित भए बार्सिलोना लिग च्याम्पियन हुने निश्चित छ ।
बार्सिलोनाले अलाभेसको घेलु मैदानमा उसैलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितका लागि कार्लेस एलिना र लुईस स्वारेजले एक एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल भएका थिए ।खेलको ५४ औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनायो ।
बार्सिलोनाले ३४ खेलमा ८० अंक जोड्दै दोस्रो स्थानको एट्लेटिकोसँग १२ अंकको अग्रता लिएको छ । एक खेल कम खेलेको एट्लटिकोको ६८ अंक छ ।