११ बैशाख २०७६, काठमाडौं
एसीसी यू–१६ अन्तर्गत आज भईरहेको खेलमा नेपालले मलेशियालाई १४२ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पुरै ३४ ओभर ५ बलमा अलआउट हुँदै १४१ रन बनायो ।
नेपालका लागि आईश भट्टराईले ४२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाए । दिपक बोहोरा र अर्जुन कुमालले समान १६ रन जोडे ।
ओपनर कुमाल र बोहोराले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए ।
समुह चरणमा नेपालले अन्तिम खेल भोलि आयोजक थाईल्याण्डसंग खेल्नेछ ।