चर्चित होष्ट सोनिका रोकायले गरिन् आफू समलिङ्गी भएको खुलासा, भन्छिन् राम्री केटी पाए विहे गर्छु (भिडियो)



११ बैशाख २०७६, काठमाडौँ

सोनिका रोकाय चर्चित होष्ट हुन् । उनले लामो समयसम्म वाउ नेपाल नामक युट्युब च्यानलमा काम गरिन् । पछि उनको बारेमा नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समयको लागि सिङ्गापुर गएकी थिइन् ।

नेपाल फर्केपछि सोनिकाले आफ्नै युट्युब च्यानल खोलेकी छिन् । अहिले भने उनलाई दर्शकबाट सकरात्मक प्रतिक्रिया आउन थालेको छ । त्यस्तै हिजो सोनिकाले आफ्नो जन्मदिन मनाएकी थिइन् ।

धेरैलाई थाहा छैन होला तर सोनिका समलिङ्गी हुन् । यो कुराको खुलासा स्वयम उनकी आमाले गरेकी हुन् । सोनिकाकी आमाले आफ्नी छोरी त्यस्तो भएको देख्दा निकै नराम्रो लागेको तर पछि यहि कुरालाई आफूले स्वीकार गर्नुपर्ने भएकाले आफूलाई सम्झाएको पनि बताइन् । सोनिकाले पनि यो कुरालाई स्वीकारेकी छिन् । उनले राम्री केटी पाए आफू विवाह गर्ने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्