राष्ट्रपति भण्डारी चीन प्रस्थान



११ बैशाख २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी बुधबार विहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट‍्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

चिनिया राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्