नवौं राष्ट्रिय खेलकूद गण्डकी प्रदेशमा हुने !



११ बैशाख २०७६, काठमाडौं

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ ।

आठौं राष्ट्रिय खेलकूद भने प्रदेश नम्बर पाँचमा आज समापन हुँदैछ ।

सोही समापन कार्यक्रममा नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशलाई सुम्पिने तय भएको राष्ट्रिय खेलकूद परिषद्ले जानकारी दिएको छ ।

राष्ट्रिय खेलकूद हरेक २ वर्षमा हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्