आज आफ्नो जन्मदिनमा वरुणले गरे नयाँ खुलासा, यसैबर्ष आफ्नी प्रेमिकासँग विवाह गर्दै



११ बैशाख २०७६, काठमाडौँ

वरुण धवन बलिउडका चर्चित अभिनेता हुन् । उनी आफ्नो कामका साथै आफ्नो प्रेमका कारण पनि चर्चामा आइहरन्छन् । वरुण लामो समयदेखि नताशाको प्रेममा छन् । त्यस्तै आज वरुण आफ्नो जन्मदिन मनाउँदै छन् ।

आफ्नो जन्मदिनमा वरुणले नयाँ कुराको खुलासा गरेका छन् । उनले आफू यसैबर्ष विवाह गर्न लागेको कुरा बताएका छन् । वरुणकी आमाले नै यो कुराको खुलासा गरेकी छिन् । उनले केही दिनमा नै विवाहको मिति तय गर्ने बताएकी छिन् । वरुण र नताशाले आफ्नो विवाह धुमधामसँग गर्ने समेत बताएका छन् । हाम्रो तर्फबाट पनि वरुणलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्