पर्साकी एक महिलाले गर्भवती भएको ७ महिनामै एकैपटक जन्माइन् ४ जना बच्चा



११ बैशाख २०७६, काठमाडौँ

पर्साकी एक महिलाले एकैपटक ४ सन्तानलाई जन्म दिएकी छिन् । यो खबर पत्याउन निकै कठिन छ । तर यो साँचो कुरा हो । पर्साको जयमंगलपुरमा बस्दै आएकी नाजमा खातुनले हिजो मङ्गलबार १२.४० मा एकैपटक ४ सन्तानलाई जन्म दिएकी छिन् ।

अझ विश्वास गर्न गाह्रो कुरा त के छ भने ती महिलाले मात्र ७ महिनामा आफ्ना बच्चालाई जन्म दिएकी छिन् । महिना नपुग्दै बच्चा जन्मिएकाले डाक्टरले २ बच्चाको अवस्था निकै गम्भिर भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्