११ बैशाख २०७६, काठमाडौं
थाईल्याण्डमा जारी एसीसी यू–१६ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजको नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको मलेशिया १०२ रनमा नै अलआउट भएपछि नेपालले जित हात पारेको हो ।
जित दिलाउने क्रममा तिलकराज भण्डारी, रमेश कुर्मी, प्रशान्त महतले २–२ विकेट र निखिल कुमार सिंह र प्रशान्त सिंहले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदा १४१ रन बनायो ।
आशिष भट्टराईले ३४, विशालविक्रम भट्टराईले २८, दिपक बोहोरा र अर्जुन पौडेलले १६–१६ रनको महत्वपूर्ण योगदान गरे ।