१२ बैशाख २०७६,काठमाडौं
पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो ।
२०६९ सालपछि पनि सार्वजनिक सवारीको दुईपटक भाडा समायोजन भएको छ तर ट्याक्सी व्यवसायीले भने विगत दुई महिनादेखि वैज्ञानिक भाडादर समायोजनको माग राखी आ–आफ्ना ट्याक्सीे पछाडि प्लेकार्ड टाँसिरहेका छन् ।
यातायात व्यवस्था विभागले भने पटक–पटक भाडा समायोजन गरिएको तर ट्याक्सी व्यवसायीहरूले सरकारलाई ‘ब्ल्याक मेलिङ’ गरिरहेको जनाएको छ । ट्याक्सी पछाडि टाँसिएका प्लेकार्ड ट्राफिक प्रहरीले च्यात्ने काम गरे पनि व्यवसायीले भने राख्न छाडेका छैनन् ।