१२ बैशाख २०७६, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणको लागि बुधबार चीन प्रस्थान गरेकी छन् ।
चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्ड होटलमा नेपाली झण्डा फहराइएको छ ।
सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।