‘नेपाल आइडल’ बाट चर्चामा आएकी निलिमा थापा मगरको नयाँ गीत रिलिज (भिडियो)



१२ बैशाख २०७६, काठमाडौँ

निलिमा थापा मगर नेपाल आइडल सिजन २ बाट चर्चामा आएकी हुन् । उनले अडिसन राउण्डमा नै जर्जहरुको मन जितेर गोल्डेन माइक पाउन सफल भएकी थिइन् । निलिमा नेपाल आइडल सिजन २ को उत्कृष्ट ७ सम्म आउन सफल भएकी थिइन् ।

नेपाल आइडल पछि निलिमाको जताततै चर्चा भएको छ । साथै उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त पनि हुन थालेकी छिन् । भर्खरै मात्र बजारमा निलिमाको नयाँ गीत सार्वजनिक भएको छ ।

विनोद केसीको शब्द र इन्द्र आरपीको संगीत रहेको तुसारो बोलको गीतमा निलिमा थापा मगर र इन्द्र आरपीको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा मिलन मिश्र र प्रकृति श्रेष्ठलाई फिचरिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्