पुनःनिर्माणका अधिकांश काम एक वर्ष भित्रमा सकिन्छ : प्रधानमन्त्री ओली



१२ बैशाख २०७६, काभ्रे

प्रधानमन्त्री केपी शर्मा ओलीले केही संरचना बाहेकका अन्य पुनःनिर्माणका अधिकांश काम यही वर्ष भित्र सम्पन्न हुने बताएका छन् ।

बुधबार काभ्रेमा एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण भएको ३६ कोठे विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई गति दिएको बताए ।

धरहरा लगायतका केही संरचना एक वर्ष भित्रमा नसकिने र कला, वास्तुकला, सामान लगायतमा ध्यान दिनुपर्दा त्यसमा समय लाग्ने बताउदै उनले भने, आज बिहान भूकम्प गएको स्मरण गर्दै सबैलाई भुकम्प प्रतिरोधी घर बनाउन सचेत गराए ।

नेपालको अब परिचय फेर्नुपर्ने बताउदै उनले डिजिटल, शिक्षित र विद्वान नेपाली बस्ने देशको परिचय दिनुपर्न बताए ।

११ करोड २४ हजारको लागतमा बनेको ३ वटा भवनमा ३६ कोठा रहेको छ । छात्रावाससहितको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्यावलगायतका सुविधाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्