दिपिकाको चप्पल रणवीरको हातमा, तस्बिर बन्यो भाइरल



१२ बैशाख २०७६, काठमाडौँ

दिपिका पादुकोण र रणवीर सिंह बलिउडका निकै क्युट कपल हुन् । अझ धेरैले त यिनलाई आफ्नो आइडल कपल समेत मान्ने गरेका छन् । विवाहपछि यी दुईको चर्चा थप चर्किएको छ ।

आजभोली रणवीर र दिपिकाका हरेक क्रियाकलाप भाइरल हुने गर्छन् । तर यसपटक भने रणवीर र दिपिकाको अचम्मको तस्बिर भाइरल भएको छ । जुन तस्बिर हेरेर धेरैलाई हाँसो रोक्न गाह्रो हुन्छ भने धेरैलाई उक्त तस्बिर क्युट पनि लाग्न सक्छ ।

सार्वजनिक तस्बिरमा रणवीर र दिपिका कसैको विवाहमा गएको देख्न सकिन्छ । जहाँ दिपिका आफ्ना आफन्तसँग हात मिलाउँदै कुराकानी गरिरहेकी छिन् भने रणवीर ठ्याक्कै दिपिकाको पछाडी त्यहि पनि दिपिकाको चप्पल लिएर उभिएका छन् । उनीहरुको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

कत्तिले रणवीरको मजाक उडाएका छन् भने कत्तिले रणवीरलाई राम्रो श्रीमान भएको बताएका छन् । उनले दिपिकाको चप्पल लिएर उभिएको तस्बिर क्यामेरामा राम्रोसँग कैद भएको छ । जसले गर्दा तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्