चलचित्र ‘भारत’ को पहिलो गीत सार्वजनिक, सलमान र दिशाको मस्ती (भिडियो)



१२ बैशाख २०७६, काठमाडौँ

चलचित्र भारत सलमान खानले आफ्नो लागि निकै विशेष भएको बताउँदै आएका छन् । केहीदिन अघिमात्र चलचित्र भारत को अफिसियल ट्रेलर सार्वजनिक भएको थियो । जसलाई दर्शकले मात्र नभएर बलिउडका अन्य कलाकारले पनि निकै रुचाएका छन् ।

त्यस्तै भर्खरै मात्र चलचित्र भारत को पहिलो गीत सार्वजनिक भएको छ । निकै रमाइलो शैलीको स्लो मोसन बोलको गीतमा विशाल, शेखर र श्रेया घोषालको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार सलमान खान र दिशा पटानीलाई फिचरिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्