कसको हातमा पर्ला त सर्वोत्कृष्ट नायिकाको अवार्ड ?



१२ बैशाख २०७६, काठमाडौँ

२०७५ सालमा धेरै चलचित्रहरु प्रदर्शनमा आए । प्रदर्शनमा आएका चलचित्रहरुलाई दर्शक समिक्षकका आधारमा अवार्डका लागि छानिने गरिन्छ । डि सिने अवार्ड ले पनि विभिन्न विधाका नोमिनेसनहरु सार्वजनिक गरिसकेको छ ।

बैशाख २१ गते हुन लागेको डि सिने अवार्ड को लागि सर्वोत्कृष्ट अभिनेत्रीमा ७ अभिनेत्री छनौट भएका छन् । जसमध्ये चलचित्र प्रसाद बाट नम्रता श्रेष्ठ, रामकहानी बाट पूजा शर्मा, लब स्टेशन बाट जसिता गुरुङ, छक्का पञ्जा ३ बाट दिपिका प्रसाई, साईली बाट मेनुका प्रधान, कायरा बाट साम्राज्ञी राज्यलक्ष्मी शाह र जय भोले बाट स्वस्तिमा खड्का नोमिनेशनमा परेका छन् ।

यी सबै अभिनेत्रीहरु अभिनय र स्टारडमको हिसाबले पनि निकै अगाडी छन् । त्यसैले अवार्ड कसको हातमा पर्ला भनेर अनुमान लगाउन गाह्रो छ । यी नायिकामध्ये उत्कृष्ट नायिकाको अवार्ड कसले उचाल्ने हुन् त्यो भने बैशाख २१ गते नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्