भुवनले सबैको अगाडी बुहारी भन्दा लजाइन् सुहाना (भिडियो)



१३ बैशाख २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ को चर्चा अझै सेलाएको छैन । चलचित्र रिलिज भएको तेस्रो हप्ता पुगिसक्दा पनि हलमा दर्शकको चाप घटेको छैन । हिजो पनि राजधानीको विग मुभिजमा चलचित्र हेर्ने दर्शक र चलचित्रकर्मीको लर्को नै लागेको थियो ।

त्यस्तै चलचित्र ए मेरो हजुर ३ हेर्न अनमोल केसीका पिता भुवन केसी पनि पुगेका थिए । भुवनले चलचित्रलाई लिएर निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । भुवनले सुहानाको कामले आफ्नो मन छोएको समेत बताए ।

त्यतिमात्र नभएर उनले सबैको अगाडी सुहानालाई बुहारी भनेर जिस्काउँदा सुहाना लजाएकी पनि थिइन् । भुवनले अनमोल र सुहाना एकअर्काको प्रेममा भए आफूलाई सुहानालाई बुहारी बनाउन कुनै आपत्ति नभएको समेत बताए । त्यस्तै चलचित्रबाट पोजेटिभ कमेन्ट आउँदा सुहाना पनि फुरुङ्ग छिन् ।

प्रतिक्रिया दिनुहोस्