जब पोखरामा एक महिला पर्यटक नाङ्गै हिडिन्…



१३ बैशाख २०७६, काठमाडौँ

केहीदिन अघिमात्र पोखरामा एउटा अचम्मको घटना घटेको छ । जुन घटना सुनेर धेरैलाई हाँसो पनि लाग्छ होला र धेरैलाई विश्वास गर्न गाह्रो पनि हुन्छ होला । सुन्दर नगरी पोखरा पर्यटकीय क्षेत्र हो । पोखराको सुन्दरता हेर्नको लागि नै विभिन्न देश विदेशका पर्यटक नेपाल आउने गरेका छन् ।

त्यस्तै पोखरा घुम्न आएकी एक विदेशी महिला पर्यटकको हर्कतले अहिले सबै अचम्मित छन् । ती विदेशी महिलाले पोखराको लेकसाइडमा विना कपडा नै बाटोमा हिडेको देख्दा त्यहाँका बासिन्दा अचम्ममा परेका थिए । ती महिलाले टाउकोमा एउटा टोपी बाहेक अरु केहीपनि कपडा लगाएकी थिइनन् । उनलाई नग्न अवस्थामा देख्दा कति लाजले भुतुक्क भए भने कत्तिको हाँसो नै रोकिएन ।

ती महिलाको त्यस्तो अवस्था देखेपछि त्यहाँका स्थानीय बासिन्दाले तुरुन्त प्रहरीलाई खबर गरिदिएपछि प्रहरीले ती महिलालाई प्रकाउ गरेको छ । प्रहरीले अहिले ती महिलालाई कपडा लगाइदिएर हिरासतमा राखेको छ । ती महिला कुन देशबाट आएकी हुन् त्यो भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्