जब साम्राज्ञीले चलचित्रमा गाउँले रोल गर्न अस्वीकार गरिन्…



१३ बैशाख २०७६, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी चर्चित नायिका हुन् । उनको डिमाण्ड पनि निकै हाई रहेको छ । यतिबेला साम्राज्ञी चलचित्र मारुनी को छायांकनमा व्यस्त छिन् । यस्तैमा साम्राज्ञीबारे नयाँ खबर सार्वजनिक भएको छ ।

साम्राज्ञीले आफू बरु चलचित्र क्षेत्र छाड्ने तर गाउँले रोल कहिले नखेल्ने बताएको कुरा सार्वजनिक भएको छ । धेरैले उनलाई घमण्डी पनि भनिरहेका छन् । उनी अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री भएकाले उनले यसो भन्नु गलत रहेको धेरैको भनाई रहेको छ । उनले एक चलचित्रमा गाउँले भूमिका गर्दिन भनेपछि यस्तो प्रसङ्ग आएको हो ।

प्रतिक्रिया दिनुहोस्