१९ बर्षकी युवतीसँग विवाह गर्न खोज्दा ५० बर्षीया बेहुला विवाहको मण्डपबाटै भए पक्राउ



१३ बैशाख २०७६, काठमाडौँ

जनकपुरमा १९ बर्षकी युवतीसँग विवाह गर्न खोज्दा ५० बर्षीय युवक पक्राउ परेका छन् । हुन त विवाह दुई परिवारको सहमतिमा नै भएको रहेछ । तर कानुनको नियमअनुसार अहिले विवाह गर्ने केटीको उमेर २० बर्ष पुगेको हुनुपर्छ ।

२० बर्षभन्दा कम उमेरका सबै बालबालिका भएकाले प्रहरीले बाल विवाह गरेको भन्दै ती ५० बर्षीय युवक सहित उनका बुबा, ठूलो बुबा र दाजुलाई समेत पक्राउ गरेको छ । अब कानुको नियम विपरित गएर विवाह नगर्ने बेहुलाले बताएपछि प्रहरीले ती युवकको परिवारलाई रिहा भने गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्