१३ बैशाख २०७६, काठमाडौं
गुरूङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘तमुस्यो’ अर्थात् ‘गुरूङसेनी’ पुनःप्रदर्शन हुने भएको छ ।
यसअघि पनि प्रदर्शन भईसकेको चलचित्र शनिबार काठमाडौंको सामाखुशीमा पनि प्रदर्शन हुने भएको हो ।
चलचित्र ‘शो’ विहान ११ बजे र दिउँसो २ बजे गरी दुईपटक हेर्न पाईने बताईएको छ ।
चलचित्र ‘तमुस्यो’मा बलबहादुर गुरुङ, उर्मिला गुरुङ, सुमित गुरुङ, निखिल गुरुङ, रोशनी गुरुङ, विवेक गुरुङलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
माओत्सेतुङ गुरुङले निर्देशन गरेको चलचित्र खिमबहादुर गुरुङले खिचेका हुन् ।
चलचित्रमा प्रदिप गुरुङ, ईश्वर गुरुङ र अर्जुन गुरुङको संयुक्त लगानी रहेको छ ।