यीमध्ये कसले जित्लान् त नव–नायिकाको अवार्ड ?



१३ बैशाख २०७६, काठमाडौँ

२०७५ सालमा धेरै चलचित्रहरु प्रदर्शनमा आए । प्रदर्शनमा आएका चलचित्रहरुलाई दर्शक समिक्षकका आधारमा अवार्डका लागि छानिने गरिन्छ । डि सिने अवार्ड ले पनि विभिन्न विधाका नोमिनेसनहरु सार्वजनिक गरिसकेको छ ।

यहि बैशाख २१ गते हुन लागेको डि सिने अवार्डका लागि नव नायिकाको नोमिनेशन पनि सार्वजनिक भैसकेको छ । नव नायिकाको लागि चलचित्र जानी नजानी बाट निरीषा बस्नेत, समर लब बाट रेवती क्षेत्री, क्याप्टेन बाट उपासना सिंह ठकुरी, यात्रा बाट मलिका महत र ए मेरो हजुर ३ बाट सुहाना थापा नोमिनेशनमा परेका छन् ।

यीमध्ये सबै अभिनेत्रीले दर्शकको निकै माया पाउन सफल भए । त्यसैले अवार्ड कसको हातमा पर्ला भनेर अनुमान लगाउन सकिदैँन । नव नायिकाको अवार्ड यसपटक कसको पोल्टामा पर्ने हो त्यो हेर्न भने बैशाख २१ कुर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्