‘दाल, भात, तरकारी’ को आइटम गीतमा हट देखिइन् प्रियंका (भिडियो)



१३ बैशाख २०७६, काठमाडौँ

चलचित्र दाल, भात, तरकारी यसबर्षको प्रतिक्षित चलचित्र हो । चलचित्रमा लामो समयपछि नायिका निरुता सिंह कमव्याक भएकाले पनि यो चलचित्र दर्शकको लागि विशेष छ । चलचित्र दाल, भात, तरकारी टिम यतिबेला प्रमोशनमा लागिरहेको छ ।

चलचित्र दाल, भात, तरकारी को २ गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । जसले चलचित्रको राम्रो हाइप बढाइरहेको छ । त्यस्तै भर्खरै मात्र चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ ।

हरिवंश आचार्यको शब्द र शम्भूजित बास्कोटाको संगीत रहेको एन्टिबायोटिक खाउँला बोलको गीतमा मिना निरौलाको आवाज रहेको छ । आइटम शैलीको गीतमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । चलचित्र दाल, भात, तरकारी मा हरिवंश आचार्य, निरुता  सिंह, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, पुष्पल खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र यहि बैशाख २० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्