चीनले नेपाललाई १६ अर्व ८० करोड बराबरको सहयोग दिने



१३ बैशाख २०७६, काठमाडौं

यत्तिबेला राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने राजकीय भ्रमणमा रहेकी छिन् ।

जहाँ उनी आजबाट सुरु भएको बीआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी भएकी छिन् ।

नेपाल र चीनबीच विभिन्न सहयोग सम्बन्धि सम्झौता हुँदैछन् । यसैबीच चीन सरकारले नेपाललाई १ अर्व युआन (करिब १६ अर्व ८० करोड) बराबरको सहयोग गर्ने भएको छ ।

यस्तै राष्ट्रपतिको चीन भ्रमणका क्रममा नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

यस्तै गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्