१३ बैशाख २०७६, काठमाडौं
ब्रिटेनमा यौनकर्मीसँग शारिरिक सम्पर्कको बेला कण्डम निकालेको भन्दै एक यूवकलाई १२ वर्षको जेल सजाय तोकिएको छ ।
३५ वर्षीय ‘लि हेगन’ले शारिरिक सम्पर्कको बेला कण्डम निकालेर सहमतिको उल्लंघन गरेको भन्दै २० वर्षीय युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।
त्यसलगत्ते प्रहरीले उसलाई पक्राउ गरेको थियो ।
पीडित युवतीको अनुसार २ घण्टासम्म शारिरिक सम्पर्कको एक रुपैयाँ पनि पैसा नदिएको र पछि उनले कण्डम निकालेर सहमति उल्लंघन गरेकाले उजुरी गर्न बाध्य भएको बताएकी छिन् ।
त्यसपछि उनलाई न्यायधीसले १२ वर्षको सजाय सुनाएको थियो ।
सजायपछि ‘लि’ले रिसाउँदै न्यायाधीसलाई नै राती गोली हानी हत्या गरिदिने धम्कीसमेत दिएका थिए ।