बहुप्रतिक्षित चलचित्र ‘जात्रै जात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)



१३ बैशाख २०७६, काठमाडौँ

चलचित्र जात्रा जात्रै को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । करिब २ बर्ष अघि चलचित्र जात्रा प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै जात्रा को सिक्वेलको रुपमा जात्रै जात्रा निर्माण भएको हो ।

चलचित्र जात्रै जात्रा को यसअघि २ गीत सार्वजनिक भैसकेको छ । जसमध्ये माया पिरिम बोलको गीतलाई दर्शकले औधी रुचाए । त्यस्तै सार्वजनिक ट्रेलरमा पनि कमेडी, ड्रामा र एक्सन भरपुर देख्न सकिन्छ ।

चलचित्र जात्रै जात्रा मा विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा, दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र जात्रै जात्रा आउँदो जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्