झरनाले खोलिन् रहस्य, छोराको चाहनामा जन्मिएकी थिइन् सुहाना (भिडियो)



१३ बैशाख २०७६, काठमाडौँ

यतिबेला नायिका सुहाना थापाको जताततै चर्चा छ । उनी अभिनीत पहिलो चलचित्र ए मेरो हजुर ३ बक्सअफिसमा सुपरहिट साबित भैसकेको छ । त्यसैले पनि उनी सबैको प्रिय बनिरहेकी छिन् ।

त्यसैले यतिबेला उनी आफ्ना आमाबुबासँग अन्तवार्ता दिनमा पनि व्यस्त छिन् । अहिले युट्युबमा उनले आमाबुबासँग दिएको अन्तवार्ता निकै भाइरल भैरहेको छ । जहाँ सुहानाले आफ्नो पारिवारिक कुरा गरेकी छिन् । झरनाले सबैले छोराको आश गरेको समयमा सुहानाको जन्म भएको बताइन् ।

झरना गर्भवती हुँदा सबैको चाहना उनले छोरा पाओस् भन्ने रहेछ । तर सुहाना जन्मिदा सुहानाका पिता सुनिलले समेत अध्यारो मुख लगाएका रहेछन् । सुहाना सुनिल र झरनाकी एकमात्र सन्तान हुन् ।

त्यसैले उनी निकै मायामा हुर्किइन् । सुहानाले आफूले कहिल्यै पनि आफ्नो भाई बहिनीको चाहना नगरेको समेत बताइन् । अन्तवार्तामा सुहानाले आफ्ना आमाबुबाको  पोल समेत खोलिन् । उनी यति ठूली भएर पनि अझैसम्म आफ्ना आमाबुबासँगै सुत्ने गरेकी छिन् । यो कुरा निकाल्दा सुहाना केही लजाएकी पनि थिइन् ।

प्रतिक्रिया दिनुहोस्