१३ बैशाख २०७६, काठमाडौं
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनौटअन्तर्गतको दोस्रो खेलमा नेपाल अष्ट्रेलियासँग भारी गोलअन्तरले पराजित भएको छ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलको अष्ट्रेलियाकाले नेपाललाई ११–१को फरकमा पराजित गर्यो ।
खेलको पहिलो आधामै आधा दर्जन गोल गरेको अष्ट्रेलियाले खेलको निर्धारित समयसम्म आईपुग्दा ११ गोल गर्न सक्यो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको नेपालले प्रदर्शन भने, राम्रो गर्न सकेन ।
अब दोस्रो खेलमा नेपालले आईतबार उज्वेकिस्तानसंग खेल्नेछ भने, मंगलबार म्यानमारसँग प्रतिस्पर्धा गर्ने छ ।
यो पनि पढ्नुहोस् !
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनौट : पहिलो आधा नबित्दै नेपालको पोष्टमा अष्ट्रेलियाको आधा दर्जन गोल