१४ बैशाख २०७६, काठमाडौं
ईङ्लिस फुटबल लिगमा क्लबले आफुले पाउने सुविधा नपाएसम्म नखेल्ने भन्दै बोल्टोनका खेलाडीले खेल नै बहिस्कार गरेका छन ।
क्लबले आफुले पाउने तलव र बोनसका साथै अन्य सुविधा नपाएको भन्दै हड्ताल गरेका हुन् ।
ब्रेन्टफोर्ड विरुद्धको खेल सुरु हुन् १६ घण्टा अगाडी बोल्टोनका खेलाडीले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
बोल्टोनका खेलाडीले मार्च महिना देखि कुनै रकम नपाएको भन्दै खेल्न अस्वीकार गरे ।
साथै उनीहरुले आफुहरुको हिसावकिताव प्रष्ट भएपछि मात्र मैदानमा उत्रनेसमेत बताएका छन ।