बार्सिलोना बन्यो ला लिगा च्याम्पियन



१५ बैशाख २०७६, काठमाडौं

बार्सिलोना जारी सिजनको घरेलु लिग ला लिगाको च्याम्पियन बनेको छ ।

अन्तिम ३ खेल बाँकी छँदै बार्सिलोनाले सिजन १८/१९ को लिग उपाधि जितेको हो ।

लियोनल मेस्सीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरेपछि लेभान्टेलाई हराउँदै बार्सिलोना तीन खेल अगावै ला लिगा च्याम्पियन बनेको छ ।

लेभान्टेबिरुद्धको जितपछि बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । लिगमा ३ खेल बाँकी रहँदा उसले समान खेलबाट ७४ अंक बनाएको एट्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ ।

सन् २००५ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्न थालेका लियोनल मेस्सीका लागि भने यो नवौं लिग उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्