प्रेस /पत्रकारहरुकै कारण अहिले म यहाँ छु : प्रचण्ड



१५ बैशाख २०७५, काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चलाएको पहिलो प्रधानमन्त्री परिपक्व नभएको र अहिले आएर थाहा भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले बुझाएको ध्यानाकर्षण पत्र लिँदै उनले  यस्तो बताएका हुन् ।

उनले अहिले जेल, नेल भोगेका र विगतमा प्रेसको सहयोग खोजेका व्यक्तिहरु नै सरकारमा रहेकोले प्रेसप्रति सबै सकारात्मक हुने आशा गरिएको बताउँदै यही भएर नै संविधानमा पनि प्राथमिकतामा राखिएको जनाए ।

उनले भने, “म प्रेस तथा पत्रकारहरुकै कारण यो स्थानमा छु ।”

पक्राउ परेका पत्रकारको रिहाई, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानुन लगायतका १६ बुँदा समेटिएको ध्यानाकर्षण महासंघले उनलाई बुझाएको थियो ।

उनले आफूले महासंघका कुरा प्रधानमन्त्री समक्ष पुर्याउने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्