१५ बैशाख २०७६, काठमाडौं
नेपालको १६ वर्षमुनिको क्रिकेट टोलीले एशिया पूर्वी क्षेत्रको प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।
शनिबार थाईल्यान्डमा भएको फाईनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
तर, नेपालले मलेशियालाई ८१ रनमा सीमित गरिदियो ।