१५ बैशाख २०७६, काठमाडौं
अनेरास्ववियु र अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पसद्वारा एनसेलको करछली बिरुद्द एनटिसी सिम बितरण गर्ने भएको छ ।
सर्वोच्च अदालतको फैसलालाई समेत अटेरी गर्दै कर नतिरेको एनसेललाई खबरदारी स्वरुप विद्यार्थी संगठनद्वारा विशेष ध्यानाकर्षण गराउन लागेको हो ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यार्थीहरुलाइ निःशुल्क सिम बितरण गर्न लागेको जानकारी पाटन क्याम्पस कमिटीका विद्यार्थी नेता रमन पहाडीले दिएका छन् ।
क्याम्पसका विद्यार्थी भन्छन्, कर उठाउने कर्तव्य सरकारको हो तर दुई तिहाइको कम्युनिष्ट सरकार हुँदा समेत अर्बौं करछली गर्ने एक निजि कम्पनीलाई कारबाही गर्न नसकेको देख्दा सबै अचम्मित छन् ।
त्यसैले सरकारको विशेष ध्यानाकर्षण र खबरदारी गर्न एनसेलको करछलि बिरुद्द दुबै विद्यार्थी संगठन पाटन क्याम्पसले यहि बैशाख १७ गते मङ्गलबार एनटिसीको सिम वितरण गर्ने भएको छ ।
कर उठाउने सन्दर्भमा सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने कुरा विद्यार्थी बताउछन् । सर्वोच्च अदालतले फैसला गरेको एनसेलले कार्यन्वयन गरोस् र करदाता कार्यालयको ताकेता अनुसार कार्य गर्नु पर्ने सुझाव दिएका छन् । अन्यथा युवा विद्यार्थीले जुनसुकै हालतमा असुल गराएरै छोड्ने उनीहरुको भनाई रहेको छ ।
पाटन क्याम्पसद्वारा बाडिने सिम लिनको लागि नागरिकताको एक प्रतिलिपी र २ वटा फोटो ल्याउनु पर्ने बताईएको छ ।