तत्कालीन माओवादी द्वन्द्वदले खोसेको खुसी १७ वर्षपछि फर्कियो



१६ बैशाख २०७६, रोल्पा

‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’

घर छाडेकाे केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मरिएकाे भनेपछि आफू माओवादी छाडेर भागेकाे बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दु:ख दिए । अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनकाे दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेकाे छैनन् ।

माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएकाे दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनकाे लडाइँमा परेर मृत्यु भइसकेकाे अन्दाज पनि लगाए । यमेा समाचार दिनेश सुवेदीले नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्