अमेरिकालाई सूचना बेच्ने ४ जनालाई उत्तर कोरियाले दियो मृत्यृदण्ड



१६ बैशाख २०७६, काठमाडौं

उत्तर कोरियाली नेता किम जोङ उनले विदेश मन्त्रालयका ४ कर्मचारीलाई मृत्युदण्ड दिएका छन् ।

अमेरिकालाई सूचना बेचेको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिइएको जापानी संचारमाध्यम एसिया प्रेसले जनाएको छ।

गत फेब्रुअरी महिनामा अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखरवार्ता असफल भएपछि उत्तर कोरियाले ४ कर्मचारीलाई मृत्यृदण्ड दिएको थियो ।

शिखरवार्ता अगाडि नै ती कर्मचारीले अमेरिकालाई सूचना दिएका थिए ।

त्यसको बदलामा उनीहरुले पैसा दिएका बताईएको छ । उत्तर कोरियाली एजेन्डाबारे अमेरिकालाई पहिले नै थाहा भएपछि दोस्रो शिखरवार्ता असफल भएको उत्तर कोरियाली आशंका छ ।

गतवर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच पहिलो शिखर वार्ता भएको थियो ।

उत्तर कोरियाले अमेरिकासँग क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने अनौपचारिक सम्झौता गरेको थियो ।

त्यसयता कुनै क्षेप्यास्त्र परिक्षण नगरेको उत्तर कोरियामाथि लागेका प्रतिबन्ध अमेरिकाले फुकुवा नगरेपछि यसै वर्षको फेब्रुअरीमा ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता भयो ।

 

प्रतिक्रिया दिनुहोस्