अन्तराष्ट्रिय लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान



१६ बैशाख २०७६, काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकरद्वय सावित्रा भण्डारी र अनिता बस्नेतले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन् ।

उनीहरुले भारतमा हुने ईन्डियन्स लिगमा खेल्ने भएका हुन् । खेलमा सहभागिता जनाउन उनीहरु आज त्यसतर्फ प्रस्थान गर्दे छन् ।

प्रतियोगितामा उनीहरुले टिम चेन्नई सेतुबाट खेल्दै छन् ।

२०१६ बाट सुरू भएको यो लिग भारतको राष्ट्रिय लिग हो ।

एक महिनासम्म चल्ने यो खेलमा १४ टोलीको सहभागिता रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्