१७ बैशाख २०७६, काठमाडौं
विश्व फुटबलका खेलाडी तथा पिएसजीका स्टार नेमार आफ्नै प्रशिक्षक थोमस टुचेलबाट आलोचिक भएका छन् ।
खेल दौरानमा नेमारले समर्थकप्रति गरेको व्यवहारलाई लिएर प्रशिक्षक टुचेलले आलोचना गरेका हुन् ।
नेमारले फ्रेन्च कपको फाईनलमा रेनससँग भएको खेल पछि पिएसजीका खेलाडीसँग तस्वीर लिँदा समर्थकलाई हातपात गरेका थिए ।
“तिमीले समर्थकमाथि हातपात गर्न पाउँदैनौ, तिमीले त त्यसलाई झन सम्मान गर्नुपर्दछ ।” प्रशिक्षक टुचेलले भने । “तिम्रो यस कार्यले मलाई समेत गाह्रो बनाई दिएको छ । यो मेरा लागि समेत एक निकै कठिन परिस्थिती हो ।”
पछिल्लो चार संस्करणका लगातार फ्रेन्च कपको च्याम्पियन बनेको पिएसजी रेनससँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित भएको थियो ।
गत शुक्रबारमात्र नेमारलाई युइएफएले तीन खेलको प्रतिबन्धसमेत लगाएको थियो ।