मकालु हिमालको आधार शिविरमा हिम–मानवको पदचिन्ह भेटिएको भारतीय सेनाको दावी



१७ बैशाख २०७६, काठमाडौ

नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिम–मानव‘यती’को (फटस्टेप) पाईला भेटिएको भारतीय सेनाले दावी गरेको छ ।

आफ्नो पर्वतारोहण टोलीले ‘यती’को पदचिन्ह देखेको भारतीय आमसञ्चार विभागले जनाएको हो ।

विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाईलाको तस्वीरहरु पनि पोष्ट गरिएको छ ।

भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यती’को पदचिन्हको लम्बाई २.६ फिट रहेको जनाईएको छ ।

सेनाका अनुसार यसअघि पनि यि खालका घटना बाहिर आएका थिए ।

धेरैले ‘यती’लाई प्रत्यक्ष देखेको दावी गर्दै आएका छन्, यद्यपी, ठोस प्रमाण भने पेश गर्न सकेका छैनन् ।

‘यती’लाई आधा मानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्