नेपाल प्रहरीद्वारा थप ४ ओटा कुकुर खरिद



१७ बैशाख २०७६, काठमाडौ

नेपाल प्रहरीले अनुसन्धानका लागि सार्भियाबाट सेफर्ड जातको चारवटा कुकुर किनेको छ ।

अनुसन्धानमा कुकुरको माग बढेकाले नेपाल प्रहरीले थप चारवटा कुकुर किनेको हो ।

हातहतियार र विस्फोटक पदार्थको अनुसन्धान गर्नको लागि कुकुर ल्याएको केन्द्रीय कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्यालले जानकारी दिए ।

खरिदमा एउटा कुकरको करिब साढे चार लाख परेको जनाईएको छ ।यो प्रजातिको कुकुरले हातहतियार विस्फोटक पदार्थको अनुसन्धान गर्छ ।

कुकुरलाई करिब एक वर्षसम्म तालिम दिईएपछि मात्र अनुसन्धानको लागि प्रयोग गरिन्छ । केन्द्रीय तालिम केन्द्रमा ४७ वटा, त्रिभुवन विमानस्थलमा ७ वटा गरी नेपाल प्रहरीसँग हाल ८२ वटा तालिम प्राप्त कुकुर रहेका छन् ।

सबैभन्दा बढी जर्मन सेर्फड कुकुर रहेका छन् । कुकुरको हेरचाहका लागि ६० जना प्रहरी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्