१८ बैशाख २०७६, काठमाडौं
चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।
यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ ।
उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा बढी चीन तीनपटक गएका छन । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेका छन् ।