मेस्सीलाई ‘सेन्ट जर्ज क्रस’ अवार्ड



१८ बैशाख २०७६, काठमाडौं

विश्व फुटबलका खेलाडी तथा बार्सिलोनाका स्टार लियोनल मेस्सीले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड हात पारेका छन् ।

उनले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड ‘सेन्ट जर्ज क्रस’ जितेका हुन् । सन् १९८१ बाट प्रदान गरिदैं आएको यस अवार्डलाई क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिने गरिन्छ ।

जुन अवार्ड स्पेनको क्याटलोनियाले सरकारले प्रदान गर्ने गर्दछ ।

बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले क्याटलोनिया र बार्सिलोनाका लागि विशेष योगदान पुर्याएको भन्दै उनलाई पहिलो उपट उक्त अवार्डले सम्मान गरिएको हो ।

मेस्सीले यसअघि पाँच पटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्