१८ बैशाख २०७६, काठमाडौं
१८ बैशाख २०७६, काठमाडौं पछिल्लो समय अत्याधिक मानिसमा मटोपनको समस्या बढ्दै गएको छ । यस्ता समस्यालाई नियन्त्रण गर्न हरेक दिन विभिन्न किसिमको व्यायाम गर्दा गर्दै मानिसहरु हैरान भएका छन् ।
तर केही यस्ता घरेलु उपाय छन् जसको प्रयोगले सजिलै तौल घटाउन सकिन्छ । गोलभेँडा दैनिक हाम्रो भान्सामा प्रयोग गरिन्छ । स्वास्थ्यको लागि निकै लाभदायक रहेको गोलभेँडालाई विभिन्न तरिकाले उपभोग गर्न सकिन्छ । तौल घटाउन पनि मद्दत पुर्याउँछ । त्यस्तै आज हामी गोलभेँडा सेवन गर्नुको केही अचुक फाइदा बारे बताउन गइरहेका छौँ ।
१.तौल घटाउन मद्दत गर्छ : गोलभेँडाको सूपमा जैतूनको तेल मिसाएर पिउने गर्दा तौल घट्छ । यसमा पाइने पानी र फाइबरले लामो समय भोक लाग्न दिँदैन् र तौल कम हुँदै जान्छ ।
२.हड्डिको लागि लाभदायक : गोलभेँडामा पाइने भिटामिन के र क्याल्सियमले हड्डीलाई मजबुत बनाउँछ । गोलभेँडाको सूप दैनिक पिउने गर्दा शरिरमा भएको ट्युमर न्यूक्रेसिस फ्याक्टरलाई ३४ प्रतिशत घटाउँछ । शरिरमा हुने लाइकोपीनको कमीले हड्डीमाथि तनाव उत्पन्न हुन्छ । त्यसकारण गोलभेँडामा पाइने लाइकोपीनको हड्डी सम्बन्धि रोगहरु लाग्नबाट बचाउँछ ।
३.दिमागलाई स्वस्थ राख्छ : गोलभेँडाबाट बनाइएको सूपमा पर्याप्त मात्रामा कपर पाइने भएकाले दिमागमा स्नायू प्रणालीलाई ठीक राख्छ । त्यतिमात्र हैन गोलभेँडामा पाइने पोटासियमले दिमागलाई तेजिलो र बलियो बनाउँछ ।
४.भिटामिनहरुको स्रोत : गोलभेँडामा भिटामिन ए र सि पाइने भएकाले शरिरमा दैनिक आवश्यक पर्ने १६ प्रतिशत भिटामिन ए र २० प्रतिशत भिटामिन सी को आवश्यकता पूर्ती गर्छ ।
५.क्यान्सर : गोलभेँडाको सूपमा लाइकोपीन र क्यारोटोनोइड र एन्टी अक्सीडेन्ट हुन्छ । महिला र पुरुष दुबैमा क्यान्सर हुने सम्भावना घटेर जान्छ । गोलभेँडाको सूप पिउने गर्दा प्रोस्टेट क्यान्सरको सम्भावना कम हुँदै जान्छ ।
६.डायबिटीज : डायबिटीजका रोगीहरुको खानामा गोलभेँडाको सूप दैनिक समावेश गर्नुपर्छ । यसमा सुगर नियन्त्रण गर्न सक्ने क्षमता रहेको हुन्छ ।
७.रक्त सञ्चार : गोलभेँडामा सेलेनियम पाइन्छ । जसले रक्त सञ्चार प्रक्रियालाई बढाउने हुँदा रक्त अल्पताको अखतरा कम हुन्छ ।