१८ बैशाख २०७६, काठमाडौं
सडक र सामाजिक सञ्जालमा विरोध बढेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले क्याप्टेन विजय लामामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
नेपाल एयरलाइन्सको दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई निलम्बन गरेको थियो ।
गत ४ बैशाखमा प्राधिकरणले सोधेको स्पष्टीकरण चित् बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको थियो ।
पाईलट लामाले अन्तर्वार्ता दिँदा आफू तनाव, थकान, अस्वस्थ र अनिद्रामा रहेको भनेर स्पष्टीकरण दिएका थिए ।
नेपाल वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषय विवादित बनेपछि क्याप्टेन लामा कारवाहीमा परेका थिए ।